BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट : सुन हिजोभन्दा प्रति तोला ३२०० र चाँदी १०५ रुपैयाँ सस्तो

२०८३ कात्तिक १३

सुनचाँदीको मूल्यमा गिरावट : सुन हिजोभन्दा प्रति तोला ३२०० र चाँदी १०५ रुपैयाँ सस्तो
सुनचाँदीको मूल्यमा गिरावट : सुन हिजोभन्दा प्रति तोला ३२०० र चाँदी १०५ रुपैयाँ सस्तो


काठमाडौं। बढ्न थालेको सुनको मूल्य पुनः घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ३ हजार २ सय रुपैयाँले सस्तो भएको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा २०० रुपैयाँले बढेर प्रति तोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला २ लाख ८३ हजार २ सय रुपैयाँ थियो।

चाँदीको मूल्य शुक्रबार तोलामा १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रति तोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ३ हजार ८२५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंस ४००२.४६ डलर छ। चाँदी प्रति औंस ५१.४८ डलर छ।