BIZMANDU
www.bizmandu.com

सन नेपाल लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिवर्तन गरिंदै, संस्थापकको हिस्सा ५१ मा झारिने

२०८३ कात्तिक १३

सन नेपाल लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिवर्तन गरिंदै, संस्थापकको हिस्सा ५१ मा झारिने
सन नेपाल लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिवर्तन गरिंदै, संस्थापकको हिस्सा ५१ मा झारिने


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिवर्तन गरिने भएको छ।

GBIME
Tata

इन्स्योरेन्समा हाल संस्थापक सेयरधनीको स्वामित्व ७० र साधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत रहेकामा अब संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशतमा झारेर सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत पुर्‍याउन लागिएको हो।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयर स्वामित्व परिवर्तनका लागि बीमा प्राधिकरण लगायत नियामकबाट स्वीकृति लिइ आगामी साधारण सभामा प्रस्ताव लैजाने निर्णय गरेको छ।