विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ’बाइनान्स’ले आफ्नो प्लेटफर्म ’ह्याक’ हुँदा करिब ६.३ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको जनाएको छ।
अलजजिराले यसलाई क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो चोरी भनेको छ। हालको विनिमय दर अनुसार करिब साढे ९ खर्ब रुपैयाँ भन्दा बढीको क्रिप्टो ह्याकरहरुको निशानामा परेको छ।
बाइनान्सका अनुसार अन्य प्लेटफर्महरुको सहयोगमा प्रभावित क्रिप्टो रकममध्ये करिब आधा डिजिटल सम्पत्ति ‘फ्रिज’ गरिएको छ।
कम्पनीले आफ्ना प्रयोगकर्ताको सम्पूर्ण घाटा आफैँ बेहोर्ने घोषणा पनि गरेको छ।
कम्पनीका एक इन्जिनियरको ल्यापटप ह्याक गरेर ह्याकरले अनधिकृत रुपमा रकम झिकेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ।
यो घटनाले सन् २०२५ मा बायबिट एक्सचेन्जमा भएको १.५ अर्ब डलरको ह्याकिङलाई उछिनेको बीबीसीले उल्लेख गरेको छ।