BIZMANDU
www.bizmandu.com

अमेरिका र इजरायलको निर्वाचन परिणामले कसरी तय हुनेछ तेलदेखि सुनको भविष्य?

२०८३ कात्तिक १२

अमेरिका र इजरायलको निर्वाचन परिणामले कसरी तय हुनेछ तेलदेखि सुनको भविष्य?
अमेरिका र इजरायलको निर्वाचन परिणामले कसरी तय हुनेछ तेलदेखि सुनको भविष्य?


काठमाडौं । खाडीमा बढ्दै गएको स्ट्रेट अफ हर्मुजको सुरक्षा चुनौती र प्रमुख शक्ति राष्ट्रहरूको राजनीतिक अनिश्चितताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र बहुमूल्य धातुहरूको मूल्यमा ठूलो उछाल आउने प्रक्षेपण गरिएको छ।

GBIME
Tata

विश्लेषकहरूका अनुसार आगामी दिनमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११० अमेरिकी डलरदेखि माथि पुग्न सक्छ। साथै, सुनको मूल्य पनि प्रति औंस ४ हजार ६०० अमेरिकी डलर नाघ्ने सम्भावना बढेको छ।

विश्व बजारमा ऊर्जा र बहुमूल्य धातुको यो उतारचढावले ’कमोडिटी इकोनोमी’लाई प्रत्यक्ष असर पार्ने बताइएको छ। यसको सिधा असर आयातमा निर्भर नेपालजस्ता विकासोन्मुख मुलुकमा समेत पर्छ।

संसारको कूल तेल आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओगट्ने स्ट्रेट अफ हर्मुजमा अवरोध जारी छ। कहिले खुल्ने र कहिले बन्द हुने परिदृश्य र पूर्णरुपमा यो मार्ग खुल्न नसकेको अवस्थामा इन्धनको मूल्य थप आकासिने खतरा रहेको छ।

यससँगै इजरायलमा बहुमत जुटाउन राजनीतिक खिचातानी जारी छ। र, अमेरिकाको मध्यावधि निर्वाचनको नतिजाले पनि खाडी क्षेत्रको रणनीति तय गर्ने भएकाले कमोडिटी बजार ’पर्ख र हेर’ को स्थितिमा छ।

त्यति मात्र होइन फ्रान्स र इटालीमा देखिएको नीतिगत अनिश्चितताका कारण युरोपेली युनियनको ‘ग्रिन इनर्जी’ नीतिको भविष्य दोधारमा परेको छ। यसले गर्दा सोलर प्यानल र नवीकरणीय ऊर्जामा प्रयोग हुने चाँदीको औद्योगिक मागमा ठूलो उतारचढाव आएको छ।

यिनै विषय समेटेर तयार पारिएको भिडियो एक्सप्लेनर