BIZMANDU
www.bizmandu.com

हातमा आएको खेल फेरि गुमायो विराटनगरले, रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीको जित

२०८३ कात्तिक १२

हातमा आएको खेल फेरि गुमायो विराटनगरले, रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीको जित
हातमा आएको खेल फेरि गुमायो विराटनगरले, रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीको जित


काठमाडौं। कर्णाली याक्सले विराटनगर किंग्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर किंग्समाथि कर्णाली याक्सले ४ विकेटको रोमाञ्चक जित निकालेको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। यो स्कोर जारी सिजनको सबैभन्दा ठूलो स्कोर थियो। तर, कर्णालीले यसलाई पछ्याएर नतिजामा बाजी मार्‍यो। विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले अन्तिम बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। अन्तिम २ बलमा २ रन चाहिएकोमा कर्णालीका सोमपाल कामी र गुल्सन झाले टिमलाई लक्ष्यसम्म पुर्‍याएरै छाडे।

जितपछि गुल्सन झाको सेलिब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

विराटनगरले यसअघि पहिलो खेलमा पनि मोमेन्टम आफ्नो पक्षमा बनाइ सकेर पनि पराजय ब्यहोर्न पुगेको थियो। पहिलो खेलपछि सन्दीप लामिछानेले चाँडै जित मान्दा पराजय ब्यहोर्नुपरेको बताएका थिए। पहिलो खेलमा चितवनसँग हार ब्यहोरेको विराटनगर लगातारको हारले दवाबमा आएको हो।

कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक अविजित ६२ रन बनाउँदा गुल्सन झाले अविजित २८ रन बनाए। त्यसअघि पवन सर्राफले ३६ तथा अरिफुल इस्लामले ३२ रन बनाएका थिए।

क्रिजमा गुल्सन झा र सोमपाल कामी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

बलिङमा विराटनगरको एनगेलो म्याथ्युजले ३ विकेट लिँदा सन्दीप लामिछाने, प्रतिश जिसी र चरिथ असलंकाले समान १ विकेट लिए। खेलपछि विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङमा धेरै गल्ती भएको स्वीकारे। ‘मलाई लाग्छ प्रतियोगिताको सबै क्याच आजै ड्रप भए जस्तो भयो,’ उनले भने, ‘क्रेडिट सोमपाल दाइलाई पनि दिनुपर्छ। उहाँले पहिला पवनसँग र पछि गुल्सनसँग मिलेर पोजेटिभ नोटमा फिनिस गर्नुभयो।’

आजको रोमाञ्चक खेलमा सुरुमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो।

यो एनपीएलको जारी संस्करणमा बनेको सबैभन्दा ठूलो स्कोर हो। यसअघि दोस्रो खेलमा चितवन राइनोजले विराटनगरविरुद्ध १५७ रनको लक्ष बनाएको थियो।

ब्याटिङमा आन्द्रे रसेल। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

जारी संस्करणमा टीयू क्रिकेट मैदानमा ब्याटरहरुले रन बनाउन संघर्ष गरिरहँदा विराटनगरका ओपनर लोकेश बमले भन्दै अलग अन्दाजमा ब्याटिङ गरे। उनले ५२ बलमा ९ छक्का र ३ चौका चौकाको सहायतामा ८७ रन बनाए। त्यस्तै, विस्फोटक ब्याटर आन्द्रे रसेलले १४ बलमा २७ रन बनाउँदा  एनगेलो म्याथ्युजले ३१ रन बनाए।

सोमपाल कामीले विराटनगरको ४ विकेट लिए। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

बलिङमा सोमपाल कामीले ४ विकेट लिँदा मार्क वाटले १ विकेट लिए।

शुक्रबार एनपीएलमा कुनै खेल छैनन्। अब शनिबार लिगका दुई खेल हुनेछन्।