BIZMANDU
www.bizmandu.com

विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी सुरु, पायोनियर मोटोकर्पले दिन थाल्यो ५ शहरका ग्राहकलाई

२०८३ कात्तिक १२

विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी सुरु, पायोनियर मोटोकर्पले दिन थाल्यो ५ शहरका ग्राहकलाई
विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी सुरु, पायोनियर मोटोकर्पले दिन थाल्यो ५ शहरका ग्राहकलाई


काठमाडौं। विद्युतीय एसयूभी चेरी क्यूको देशव्यापीरुपमा डेलिभरी सुरु गरिएको छ।

GBIME
Tata

आधिकारिक वितरक पायोनियर मोटोकर्पले काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा नयाँ अर्बन एसयूभी चेरी क्यूको डेलिभरी औपचारिकरूपमा सुरु गरेको बताएको छ।

विभिन्न पाँच शहरमा डेलिभरी सुरु हुनुले ग्राहकमाझ सवारीसाधन सहजरूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित भएको कम्पनीको भनाइ छ।

चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीयरूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, २० भन्दा बढी एडास सुविधा छन्।