BIZMANDU
www.bizmandu.com

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई गगनले गराए शपथ

२०८३ कात्तिक १२

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई गगनले गराए शपथ
कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई गगनले गराए शपथ


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

GBIME
Tata

उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बिहीबार पार्टी मुख्यालय सानेपामा शपथ गराएका हुन्। महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिएका थिए।

शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरे।

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि २१ गतेसम्म काठमाडौंमा भएकामा मतगणना सम्पन्न गर्न भने एक साता लागेको थियो।