काठमाडौं। प्रधानन्यायाधीश मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।
उनले बिहीबार विज्ञप्ति जारी गर्दै इनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन्। ‘ती व्यक्तिसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिँकतै भेटेको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ।
