BIZMANDU
www.bizmandu.com

अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई हरायो, १७.२ ओभरमै भेट्यो लक्ष्य

२०८३ कात्तिक १२

अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई हरायो, १७.२ ओभरमै भेट्यो लक्ष्य
अलीको अर्धशतकमा जनकपुरले काठमाडौंलाई हरायो, १७.२ ओभरमै भेट्यो लक्ष्य


काठमाडौं। जनकपुर बोल्ट्सल काठमाडौं गोर्खाजलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी पहिलो खेलमा जनकपुरले काठमाडौंमाथि ८ विकेटको जित निकालेको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्यो।

११६ रनको सामान्य लक्ष्य पछ्याउन जनकपुरका मोइन अली र सैफ हसनको इनिङ्स महत्वपूर्ण बन्यो। अलीले ५१ बलमा समान ३ चौका र छक्काको सहायतामा अविजित ५८ रन बनाए। त्यस्तै, हसनले ३९ बलमा अविजित ४० रन बनाए।

जनकपुरका समर्थक। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

यसअघि मयन यादवले ९ र तृतराज दासले ५ रन बनाएका थिए। बलिङमा काठमाडौंका रिपोन मण्डलले १ विकेट लिए।

सुरुवाती ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ३ बल कम खेल्दै ११५ रन बनाएर अलआउट भएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। आजको खेल खेल्न काठमाडौंका सुपरस्टार डेभिड वार्नर नेपाल आइपुगेनन्। त्यस्तै, जनकपुर पनि जिम्मी निशमबिनै उत्रिएको थियो।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाउँदा रासिद खानले १७ तथा स्मित पटेलले १३ रन बनाए। काठमाडौंका ब्याटरलाई मुस्किलमा पार्न जनकपुरका १६ वर्षे राहुल यादवले महत्वपूर्ण भूमिका खेले। उनले साम हेजलेट, स्मित पटेल, करण केसी र आदिल आलमलाई पभेलियन फर्काए। उनले यसअघि पहिलो खेलमा पनि कसिलो बलिङसहित दुई विकेट लिएका थिए।

त्यसबाहेक सैफ हसनले २ विकेट लिँदा मोइन अली र ललित राजवंशीले समान १ विकेट लिए।

पिचमा जनकपुर र काठमाडौंको संघर्ष। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्नेछन्।