काठमाडौं। वर्षाको पूर्वानुमानका कारण आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा दर्शकको उपस्थिति कम देखिएको छ।
काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको खेल जारी रहँदा मैदानका दर्शकदीर्घा अपेक्षाकृत खाली छन्।


मौसम बदली भएसँगै कीर्तिपुरको आकाश धुम्मिएको छ। आकाशमा बादल मडारिएपछि खेल प्रभावित हुने सम्भावना पनि बढेको छ।
कुनै पनि बेला वर्षा हुन सक्ने संकेत देखिएकाले खेलको निरन्तरतामाथि अनिश्चितता थपिएको छ। मैदानमा खेलाडीहरू प्रतिस्पर्धामा जुटिरहँदा मौसमको अवस्थाले पनि सबैको ध्यान खिचेको छ।



