BIZMANDU
www.bizmandu.com

खरेलले प्रभावशाली बलिङ गर्दा १४५ रनमा समेटियो पोखरा, अर्जुनको ब्याट चल्दा चलेनन् सकिव  

२०८३ कात्तिक ११

खरेलले प्रभावशाली बलिङ गर्दा १४५ रनमा समेटियो पोखरा, अर्जुनको ब्याट चल्दा चलेनन् सकिव  
खरेलले प्रभावशाली बलिङ गर्दा १४५ रनमा समेटियो पोखरा, अर्जुनको ब्याट चल्दा चलेनन् सकिव  


काठमाडौं। पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो।  

GBIME
Tata
प्रतिस्पर्धामा सुदूरपश्चिम र पोखराका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्ता दिएका थिए। पोखराका लागि शीर्ष क्रमका मेहेदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। स्टार अलराउण्डर सकिब अल हसन पनि १४ रनमै समेटिए।

प्रतिस्पर्धामा सुदूरपश्चिम र पोखराका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

पोखराका लागि जिम्मेवार ब्याटिङ भने अर्जुन घर्तीले गरे। उनले २५ बलमा ४ चौका र १ छक्काको सहायतामा अविजित ४० रन बनाए।

सुदूरको सेलिब्रेस। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

बलिङमा ७ बलर प्रयोग गरेको सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिँदा हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

ब्याटिङमा सकिव। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

सुदूरपश्चिम केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।