BIZMANDU
www.bizmandu.com

ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत

२०८३ कात्तिक ११

ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत
ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत


काठमाडौं। एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न नेपाल आयल निगमले उद्योगहरुलाई गरेको सर्कुलरको ग्यास बिक्रेता महासंघले स्वागत गरेको छ।

GBIME
Tata

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार प्रेस विज्ञप्ति जारी गरी निगमको निर्देशनको स्वागत गरेका हुन्।

‘एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य भ्याट बिल जारी गर्ने/ गराउने निर्देशन अत्यन्तै स्वागतयोग्य छ,’ अर्यालले विज्ञप्तिमा भनेका छन्, ‘ग्यास कारोबारलाई व्यवस्थित गर्न अनिवार्य रुपमा भ्याट बिल/बिजक जारी गर्ने कार्य एक कोशेढुंगाका रुपमा स्थापित हुनेछ।’

महासंघले ग्यासको कारोबार गर्ने सबै व्यवसायीलाई भ्याट बिल जारी गर्न तथा उपभोक्तालाई पनि अनिवार्य रुपमा बिल लिन आग्रह गरेको छ।

निगमले गत सोमबार ग्यास उद्योगलाई भ्याट बिल अनिवार्य जारी गर्ने व्यवस्था मिलाउन पत्राचार गरेको थियो।