काठमाडौं। सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।
सुदूरपश्चिमम आफ्नो पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो। अर्कोतर्फ पोखरा भने आफ्नो पहिलो खेलमा मैदान उत्रिँदैछ। सुदूरपश्चिमले उद्घाटन खेलमा खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
पोखराले भने सकिब अल हसन, मेहदी हसन, धनन्जय लक्षन जस्ता विदेशी खेलाडी र कुशल भुर्तेल, दीनेश खरेलजस्ता नेपाली खेलाडीसँग मैदान उत्रिँदैछ।
यस्तो छ पोखराको प्लेइङ ११
कुशल भुर्तेल, विपिन खत्री, किरण ठगुन्ना, दीनेश खरेल, अर्जु्न मगर, प्रतिक पोखरेल, आकाश चन्द, सकिब अल हसन, मेहदी हसन, धनन्जय लक्षन, वेदागेदरा समराविकर्मा
यस्तो छ सुदूरपश्चिमको प्लेइङ ११
दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अभिनाष बोहरा, सैफ जैब, ब्राण्डन म्याकमुलन, स्कट कुगेलेइन, शेरफेन रुथरफोर्ड