BIZMANDU
www.bizmandu.com

३ महिनामा भित्रियो ४ अर्बको धान चामल, सबैभन्दा बढी नन बासमती चामल आयात

२०८३ कात्तिक ११

३ महिनामा भित्रियो ४ अर्बको धान चामल, सबैभन्दा बढी नन बासमती चामल आयात
३ महिनामा भित्रियो ४ अर्बको धान चामल, सबैभन्दा बढी नन बासमती चामल आयात


काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब भन्दा बढीको धान चामल आयात भएको छ।

GBIME
Tata

भन्सार विभागको आयात तथ्यांक अनुसार असोज महिनासम्म नेपालमा करिब ८४ करोड ६१ लाख रुपैयाँको एक करोड ८७ लाख १८ हजार केजी भन्दा बढी धान आयात भएको छ।

त्यस्तै, सोही अवधिमा एक अर्ब ९६  करोड ८५ लाख रुपैयाँको एक करोड ४४ लाख ४९ हजार केजी बासमती चामल आयात भएको छ।

विभागको तथ्यांकले ३ महिनामा एक अर्ब ६४ करोड ५९ लाख रुपैयाँको २ करोड ३० लाख ७४ केजी  भन्दा बढी नन बासमति चामल आयात भएको देखाउँछ।

धान चामलको आयात गत वर्ष सोंही अवधिको भन्दा कम भएको छ। गत वर्ष असोजसम्म २ अर्ब ७६ करोड रुपैयाँको ७ करोड ४१ लाख केजी धान आयात भएको थियो।

त्यस्तै, सोही अवधिमा ३ अर्ब २६ करोड रुपैयाँको ५ करोड ८ हजार केजी चामल र १ अर्ब ८४ करोड रुपैयाँको १ करोड ६६ लाख केजी बासमति चामल आयात भएको थियो।