काठमाडौं। डिसहोमका विभिन्न सेवा कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत सजिलै नवीकरण गर्न पाउने भएका छन्।
यस सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाको निरन्तरता कायम राख्न सहयोग पुग्ने कम्पनीले जनाएको छ।
डिसहोमले आफ्ना ग्राहकलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ।
कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट समेत आफ्ना डिसहोम सेवा नवीकरण गर्न सक्नेछन्।