BIZMANDU
www.bizmandu.com

विद्युत व्यापार गर्न निजी क्षेत्र आकर्षित, कुन-कुन कम्पनीले पाए एलओआई?

२०८३ कात्तिक ११

विद्युत व्यापार गर्न निजी क्षेत्र आकर्षित, कुन-कुन कम्पनीले पाए एलओआई?
विद्युत व्यापार गर्न निजी क्षेत्र आकर्षित, कुन-कुन कम्पनीले पाए एलओआई?


काठमाडौं। विद्युत व्यापार गर्न निजी क्षेत्र आकर्षित देखिएको छ। सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि अनुमति दिने निर्णय गरेसँगै विभिन्न १४ वटा कम्पनीले आवेदन दिएका छन्।

GBIME
Tata

विद्युत व्यापारका लागि आशयपत्र (लेटर अफ इन्टेन्ट-एलओआई) माग गर्दै १४ कम्पनीले आवेदन दिएको र ६ वटाले एलओआई पाएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

एलओआई पाउने कम्पनी 

आवेदन दिएकामध्ये हालसम्म ६ कम्पनीलाई एलओआई दिएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सन्जीव रायले बताए।

‘बुधबार बिहानसम्म हामीले ६ वटा कम्पनीलाई एलओआई दिएका छौं। कागजात पुगेका सबै कम्पनीलाई एलओआई दिन्छौं। जस जसले कागजात पुरा गरेर आवेदन दिएका छन् ती सबैले एलओआई पाउँछन्,’ उनले भने, ‘एलओआई बजार सर्वे गर्नका लागि हो। विद्युत व्यापारको लाइसेन्स दिनका लागि पनि तयारी भइरहको छ। त्यसमा सर्त कडा हुन्छ। एलओआई पाएका सबैले लाइसेन्स पाउँछन् भन्ने हुँदैन।’

विद्युत व्यापारका लागि एलओआई दिंदै ऊर्जासचिव डा. जगदिश्वर कर्माचार्य

उनका अनुसार ट्रान्स एसिया पावर ट्रेडिङ लिमिटेड, हिमालय पावर ट्रेड एण्ड एक्सचेन्ज कम्पनी, नेपाल पावर एक्सचेन्ज, हिमालयन इलेक्ट्रीसिटी ट्रेडिङ एण्ड एक्सचेन्ज कम्पनी, नेपाल इनर्जी एण्ड वाटर रिसोर्सेस प्रालि र देव पावर ट्रेड कम्पनीले एलओआई पाएका हुन्।

विद्युत व्यापारका लागि एलओआई दिंदै ऊर्जासचिव डा. जगदिश्वर कर्माचार्य

एलओआई प्राप्त गर्ने कम्पनीले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र आवश्यक व्यावसायिक तयारी गर्न सक्नेछन्।

विद्युत व्यापारका लागि एलओआई दिंदै ऊर्जासचिव डा. जगदिश्वर कर्माचार्य

आशयपत्र प्राप्त गर्ने कम्पनीले तत्काल विद्युत् खरिद-बिक्री गर्न पाउने छैनन्। विद्युत् व्यापार गर्न सम्बन्धित निकायको स्वीकृति र प्रसारण प्रणालीमा पहुँचसम्बन्धी प्रावधान पूरा गर्नुपर्नेछ।

मन्त्रालयका सहसचिव सुनिल पौडेलका अनुसार ग्रिन इनर्जी ट्रेड लिमिटेड, एभरेष्ट इनर्जी एक्सचेन्ज, क्रस बोर्डर इनर्जी, वेस्ट सेती ट्रान्समिसन, ऊर्जा ट्रेड इन्टरनेसनल, पावर ट्रेड एन्ड इको इनर्जी, नेसनल इनर्जी एक्सचेन्ज एण्ड ट्रेडिङ र विद्युत सेतु प्रालिले एलओआईका लागि आवेदन दिएका छन्।