काठमाडौं। सुनको मूल्य लगातार बढ्दै तोलाको २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।
मंगलबार सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियों। सोमबार सुन प्रति तोला २ लाख ८१ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य बुधबार तोलामा १० रुपैयाँ बढेर प्रति तोला ३ हजार ९ सय ८० रुपैयाँ निर्धारण भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रति तोला ३ हजार ९७० रुपैयाँका कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रति औंस ४०३८.६६ डलर छ। चाँदी प्रति औंस ५३.८९ डलर रहेको छ।
मंगलबार सुन प्रति औंस ४००९.४५ डलर र चाँदी प्रति औंस ५३.३५ डलर थियो।