BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकको नाफामा १७.०१% वृद्धि, खराब कर्जामा आयो सुधार

२०८३ कात्तिक ११

कामना सेवा विकास बैंकको नाफामा १७.०१% वृद्धि, खराब कर्जामा आयो सुधार
कामना सेवा विकास बैंकको नाफामा १७.०१% वृद्धि, खराब कर्जामा आयो सुधार


काठमाडौं। कामना विकास बैंकको नाफा बढेको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलाे त्रैमाससम्म बैंकको नाफा १७.०१ प्रतिशतले बढेर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेकाे छ।

GBIME
Tata

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलाे त्रमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रूपैयाँ खुद नाफा गरेकाे थियो। ऋण असुली बढेर कर्जा नोक्सानी घट्दा नाफा बढेको हो।

बैंकको खराब कर्जा ४.४१ बाट घटेर ३.९३ प्रतिशतमा आएको छ। खराब कर्जामा सुधार हुँदा प्रोभिजनिङ घटेको छ। पहिलो त्रैमाससम्म बैंकले ४ करोड ९४ लाख प्रोभिजनिङ गरेको छ। पोहोर सोही अवधिमा यस्तो रकम ११ करोड ६ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी पनि १.४२ प्रतिशतले बढेर ६२ करोड ६४ लाख रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६१ करोड ७६ लाख ९४ हजार रूपैयाँ थियो।

नाफासँगै यस अवधिमा बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ। यस्तो आम्दानी २०.४६ रुपैयाँबाट बढेर २३.१३ रुपैयाँ पुगेको छ।

पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ छ। वितरणयाेग्य मुनाफालाई आधार मान्दा बैंककाे लाभांश क्षमता १५.७६ प्रतिशत देखिन्छ।

ऋण असुलीमा सुधार हुँदा बैंकको पुँजीकोष थप बलियो बनेको छ। असोजसम्म यस्तो अनुपात १२.९७ प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।बैंकले ६७ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५६ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।