BIZMANDU
www.bizmandu.com

पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि रंगशालामा, नेपाली समर्थकलाई गरे अभिवादन

२०८३ कात्तिक १०

पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि रंगशालामा, नेपाली समर्थकलाई गरे अभिवादन
पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर त्रिवि रंगशालामा, नेपाली समर्थकलाई गरे अभिवादन


काठमाडौं। पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि रंगशालामा उपस्थित भएका छन्।

GBIME
Tata

उनी मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स र जनकपुर बोल्ट्सको खेलमा मैदानमै उपस्थित भएका हुन्।

तस्वीर : सुशील श्रेष्ठ

कर्णाली याक्सको ब्याटिङ सकिएपछि उनले मैदानमा पुगेर नेपाली क्रिकेट समर्थकलाई हात हल्लाएर अभिवादन गरेका थिए।

तस्वीर : सुशील श्रेष्ठ

विश्व क्रिकेट इतिहासकै तीव्र गतिका बलर अख्तरलाई विश्वभरका क्रिकेटप्रेमीले रावलपिंडी एक्सप्रेसका नामले पनि चिन्ने गर्छन्।

तस्वीर : सुशील श्रेष्ठ

सन् २००३ को आईसीसी क्रिकेट विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रति घण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गर्दै उनले क्रिकेट इतिहासकै सबैभन्दा तीव्र गतिमा रेकर्ड गरिएको बल फ्याँकेका थिए। त्यो कीर्तिमान आजसम्म पनि कायम छ।

तस्वीर : सुशील श्रेष्ठ

हिमालय स्पोर्ट्सले एनपीएलको तेस्रो संस्करणको विशेष प्रसारणका लागि अख्तरलाई आफ्नो प्रि तथा पोस्ट म्याच कार्यक्रम ‘रेडबुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको छ।