काठमाडौं। सेयर बजारमा पौने ६ अर्ब रुपैयाँको कारोबार भएको छ। नेप्से सूचक ०.९४ अंकले बढेर २६३०.७६ अंकमा पुगेको दिन मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको हो।
जलविद्युत उपसमूहले नेप्सेलाई हरियो बनाएको हो। यो उपसमूहको सूचक १.६५ प्रतिशतले उकालो लागेको छ। बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा लगानी, उत्पादन तथा प्रशोधन, पर्यटन र व्यापार उपसमूहको सूचक घटेको छ।
बजारमा १३५ कम्पनीका लगानीकर्ताले कमाउँदा १३६ कम्पनीका लगानीकर्ताको सम्पत्ति घटेको छ। धेरै कमाउनेमा बेनी हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीमा पोजेटिभ सर्किट लागेको छ।
युनिलिभर नेपालको सेयर मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशत अर्थात प्रति कित्ता २४५५ रुपैयाँ घटेको छ। कम्पनीको सेयर मूल्य अहिले प्रति कित्ता ४६ हजार ५०० रुपैयाँ छ।