BIZMANDU
www.bizmandu.com

बिक्री भएको केही ‘आईफोन डुओ’को डिस्प्लेमा समस्या, एप्पलले भन्यो ‘नि:शुल्क रिप्लेस गर्छौं’

२०८३ कात्तिक १०

बिक्री भएको केही ‘आईफोन डुओ’को डिस्प्लेमा समस्या, एप्पलले भन्यो ‘नि:शुल्क रिप्लेस गर्छौं’
Justin Lokos/X


काठमाडौं । एप्पलको बहुप्रतीक्षित फोल्डेबल स्मार्टफोन ’आईफोन डुओ’को बिक्री सुरु भएको केही दिनमै डिस्प्लेमा समस्या देखिएको छ।

GBIME
Tata

बजारमा गएका केही आईफोन डुओ सेटहरूमा समस्या देखिएसँगै कम्पनीले निःशुल्क ’रिप्लेस’ गर्ने भएको छ।

एप्पलको पहिलो फोल्डेबल फोनको सुरुवाती २५६ जीबी मेरियन्टको मूल्य १ हजार ९९९ अमेरिकी डलर रहेको छ। २ टीबी भेरियन्टको मूल्य ३ हजार १९९ हमेरिकी डलर तोकिएको छ।

बिक्री सुरु भएसँगै सामाजिक संजालमा प्रयोगकर्ताहरूले फोनको भित्री डिस्प्लेमा तेर्सो र ठाडो धर्साहरू देखिएको तस्बिरहरू पोस्ट गरेका थिए। केही ग्राहकहरूले फोन खोल्दा र बन्द गर्दा अनौठो आवाज आउने र स्क्रिन क्रीज र्क्याक भएको गुनासो पनि गरेका थिए।

एप्पलले एक विज्ञप्ति जारी गर्दै केही आईफोन डुओको भित्री डिस्प्लेमा समस्या आएको स्विकार गरेको छ। कम्पनीले प्रभावित ग्राहकहरूलाई कम्पनीको आधिकारिक ग्राहक सेवामा सम्पर्क गरेर नयाँ सेट लिन आग्रह गरेको छ।

गत सेप्टेम्बरमा टिम कुकको स्थानमा मुख्य कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोन टर्नसले सार्वजनिक गरेको यो फोन एप्पलको विगत दुई दशकयताकै ठूलो डिजाइन परिवर्तन हो।

७.६ इन्चको भित्री डिस्प्ले रहेको यो सेट बन्द गर्दा सामान्य आईफोनजस्तै देखिन्छ भने खोल्दा सानो ट्याब्लेटमा परिणत हुन्छ।

सामसुङ, हुवावे जस्ता प्रतिस्पर्धी कम्पनीहरूका फोल्डेबल फोनलाई चुनौती दिन एप्पलले यो मोडल ल्याएको हो। यद्यपि, फोल्डेबल फोनको बजार भने सुरु देखि नै राम्रो छैन।

यो फोन नेपालमा भने सार्वजनिक भएको छैन। नेपालमा यसको सुरुवाती मूल्य करिब ४ लाख रुपैयाँभन्दा माथि हुने अनुमान छ।