BIZMANDU
www.bizmandu.com

विराटनगरले टस जितेर बलिङ रोज्यो, प्लेइङ ११ मा आन्द्रे रसेलदेखि म्याथ्युजसम्म

२०८३ कात्तिक १०

विराटनगरले टस जितेर बलिङ रोज्यो, प्लेइङ ११ मा आन्द्रे रसेलदेखि म्याथ्युजसम्म
विराटनगरले टस जितेर बलिङ रोज्यो, प्लेइङ ११ मा आन्द्रे रसेलदेखि म्याथ्युजसम्म


काठमाडौं। विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

GBIME
Tata

आफ्नो पहिलो खेलमै विराटनगरले हेभिवेट विदेशी खेलाडीलाई मैदान उतार्ने भएको छ। उसको प्लेइङ ११ मा आन्द्रे रसेलदेखि चरिथ असलंकासम्म छन्। अर्कोतर्फ चितवनले अनुभवी खेलाडीलाई निरन्तरता दिएको छ। चितवनमा हेभिवेट सिकन्दर रजा त आज छैनन् तर नेपाली क्रिकेट बुझेका रवि बोपाराले कप्तानी सम्हालेका छन्। नियमित कप्तान कुशल मल्ल प्लेइङ ११ मा छैनन्।

विराटनगरको प्लेइङ ११

सन्दिप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसीर अहमद, रुपेश सिंह, नरेन साउद, इमरान शेख, चरित असलंका, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रञ्जनी

चितवन प्लेइङ ११

रवि बोपारा (कप्तान), रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, डेविड मलान, डान मौस्ले, टम टेयलर