BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिमलाई सजिलै हराउँदै लुम्बिनीको सानदार सुरुवात, ९.५ ओभरमै भेट्टायो लक्ष्य

२०८३ कात्तिक ९

सुदूरपश्चिमलाई सजिलै हराउँदै लुम्बिनीको सानदार सुरुवात, ९.५ ओभरमै भेट्टायो लक्ष्य
सुदूरपश्चिमलाई सजिलै हराउँदै लुम्बिनीको सानदार सुरुवात, ९.५ ओभरमै भेट्टायो लक्ष्य


काठमाडौं। डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा प्रभावशाली सुरुवात गरेको छ। तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिमलाई ७ विकेटले सजिलै हराउँदै लुम्बिनीले लिगमा बलियो सुरुवात गरेको हो।

GBIME
Tata

टीयू क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम लुम्बिनीको घातक बलिङसामू निरीह हुँदै १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो।

टीयू क्रिकेट मैदानमा आतिशबाजी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीलाई लक्ष्यसम्म पुर्‍याउन ओपनर आशिफ शेख र डार्सी सर्ट महत्वपूर्ण बने। सर्टले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाएर अनिल खरेलको बलमा आउटमा भए। शेखले २५ बलमा ३२ रन बनाएर खरेलकै बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट हुन पुगे।

लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। खेलपछि टीयू क्रिकेट स्टेडियममा आतिशवाजी गरिएको थियो।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १७.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो।

तस्वीर : सुशील श्रेष्ठ

घातक बलिङ गर्ने क्रममा डिफेन्डिङ च्याम्पियन लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए। यस्तै शेर मल्लले ३ तथा रोहित पौडेल, स्याडली भान र तिलकराज भण्डारीले समान १ विकेट लिए।

तस्वीर : सुशील श्रेष्ठ

सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७, अनिल खरेलले १५ र सैफ जैबले १३ रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

तस्वीर : सुशील श्रेष्ठ

प्रधानमन्त्री बालेन्द्र शाहले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्‍घाटन गरेका थिए। लुम्बिनी र सुदूरपश्चिम अघिल्लो संस्करणका फाइनलिस्ट टोली हुन्। सुदूरपश्चिम फाइनलमा ८५ रनमा समेटिएको थियो।

मंगलबार एनपीएलमा दुई खेल हुँदैछन्।