BIZMANDU
www.bizmandu.com

प्रतिभा रावलले भूमिहीनलाई भनिन्- लालपुर्जा पाउनु तपाइँहरुको अधिकार हो

२०८३ कात्तिक ९

प्रतिभा रावलले भूमिहीनलाई भनिन्- लालपुर्जा पाउनु तपाइँहरुको अधिकार हो
प्रतिभा रावलले भूमिहीनलाई भनिन्- लालपुर्जा पाउनु तपाइँहरुको अधिकार हो


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु उनीहरूको अधिकार भएको बताएकी छन्।

GBIME
Tata

उनले सोमबार भरतपुर महानगरपालिका-११ गणेशस्थानका स्थानीयसँगको छलफलमा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने विषयलाई राजनीतिसँग जोड्न नहुने बताइन्।

‘लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन। तपाइँहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाइँहरूको अधिकारको कुरा हो,’ मन्त्री रावलले भनिन्।

उनले भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधान सम्बन्धी समितिलाई आग्रह गरिन्।

‘अब नीतिले तपाइँहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो। स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम चाँडो टुङ्ग्याउनुपर्छ,’ उनले भनिन्।

मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताउँदै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा सुन्ने कार्यक्रम छ।