BIZMANDU
www.bizmandu.com

दसैं विदापछिको पहिलो सेयर कारोबार ओरालो, नेप्से ४.३४ अंकले घट्दा ४ अर्बको किनबेच

२०८३ कात्तिक ९

दसैं विदापछिको पहिलो सेयर कारोबार ओरालो, नेप्से ४.३४ अंकले घट्दा ४ अर्बको किनबेच
दसैं विदापछिको पहिलो सेयर कारोबार ओरालो, नेप्से ४.३४ अंकले घट्दा ४ अर्बको किनबेच


काठमाडौं। दसैं विदापछिको सेयर बजार ओरालो लागेको छ। असोज ३० पछि दसैं विदाका कारण सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक ४.३४ अंकले घटेको छ। नेप्से २६२९.८२ अंक कायम भएको छ।

GBIME
Tata

व्यापार उत्पादन तथा प्रशोधन, जलविद्युत र म्युचुअल फण्डबाहेकका उपसमूहले नेप्से घटाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.११ प्रतिशतले उकालो लाग्दा विकास बैंकको सूचक सबैभन्दा धेरै १.२१ प्रतिशतले ओरालो लागेको छ।

बजारमा ४ अर्ब २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।