BIZMANDU
www.bizmandu.com

एनपीएल हेर्न जाने समर्थकलाई पार्किङको व्यवस्था कहाँ ? ‘अलिकति हिँड्नुपर्ने हुन्छ’

२०८३ कात्तिक ९

एनपीएल हेर्न जाने समर्थकलाई पार्किङको व्यवस्था कहाँ ? ‘अलिकति हिँड्नुपर्ने हुन्छ’
एनपीएल हेर्न जाने समर्थकलाई पार्किङको व्यवस्था कहाँ ? ‘अलिकति हिँड्नुपर्ने हुन्छ’


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मैदानमै गएर हेर्न जानेका लागि पार्किङको समस्या हुने देखिएको छ। अघिल्ला संस्करणमा जस्तै यसपाला पनि पार्किङ र भीड व्यवस्थापन आयोजक नेपाल क्रिकेट संघ (क्यान)को चुनौती बन्ने देखिएको हो।

GBIME
Tata

एनपीएलको तेस्रो संस्करण सोमबार(आज)बाट सुरु हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलको पहिलो दिनको टिकट पनि सोल्डआउट भइसकेको छ। यसले ठूलै भीडभाड हुने पनि पक्का छ।

क्यानका सचिव पारस खड्काले पार्किङको व्यवस्था गरिएको भएपनि निश्चित दुरी पैदलै हिडेर स्टेडियम पुग्नुपर्ने बताए।

‘टियूगेट देखि चोभार एण्डसम्म गेटहरु बनेका छन्। दर्शकहरुलाई यसपाला कीर्तिपुर नगरपालिका र विकास समितिले ल्याबस्कुल नजिक, चोभार गेट पछाडिको खुला चौरमा, आयुर्वेदिक हस्पिटल अगाडि पनि पार्किङको व्यवस्था गरिएको छ,’ उनले भने, ‘ अरु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पनि १/२ किमी हिँड्नुपर्ने हुन्छ। टिकट काटेर आउने दर्शकहरुलाई तोकिएको ठाउँमा पार्किङ गरेर अलिकति हिँडेर स्टेडियममा आउन सक्नुहुनेछ।’

उनले टिकट बक्सअफिसहरु साविककै स्थानमा रहने बताए।