काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ३.६८ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई ७ करोड ४ लाख ६० हजार रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ छ। कम्पनीले लाभांशको कर प्रयोजनका लागि ३५ लाख २३ हजार रुपैयाँ छुट्याएको छ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि मंसिर ३ गते साधारण सभा बोलाएको छ। त्यसका लागि कात्तिक १६ गते बुक क्लोज मिति तोकिएको छ।