BIZMANDU
www.bizmandu.com

जिउँदो कुखुराको मूल्य किलोमा १० रुपैयाँ घट्यो, उपभोक्ताका लागि कति छ तयारी मासुको भाउ?

२०८३ कात्तिक ८

जिउँदो कुखुराको मूल्य किलोमा १० रुपैयाँ घट्यो, उपभोक्ताका लागि कति छ तयारी मासुको भाउ?
जिउँदो कुखुराको मूल्य किलोमा १० रुपैयाँ घट्यो, उपभोक्ताका लागि कति छ तयारी मासुको भाउ?


काठमाडौं। दसैं सकिए लगत्तै जिउँदो कुखुराको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारबाट लागू हुने गरी मूल्य घटाएको हो।

GBIME
Tata

संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रति किलो १० रुपैयाँ घटेर २८० रुपैयाँ कायम भएको छ। दसैंअघि जिउँदो कुखुराको मूल्य प्रति किलो २९० रुपैयाँ थियो।

त्यस्तै, तयारी मासुको उपभोक्ता मूल्य किलोमा १५ रुपैयाँ घटेर ३८५ रुपैयाँ तोकिएको छ। हालसम्म तयारी मासुको मूल्य प्रति किलो ४०० रुपैयाँ थियो।

दसैंमा खसीको मासुको खपत ब्रोइलर कुखुराको तुलनामा कम हुन्छ। दसैंका लागि उपत्यका बाहिर गएकाहरू यतिबेला फर्किसकेका छैनन्। जसकारण मासुको खपत कम हुँदा मूल्य घटेको संघले जनाएको छ।