BIZMANDU
www.bizmandu.com

यसवर्षको दसैं सकियो, भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे पूजाअर्चना

२०८३ कात्तिक ८

यसवर्षको दसैं सकियो, भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे पूजाअर्चना
यसवर्षको दसैं सकियो, भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे पूजाअर्चना


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्।

GBIME
Tata

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे।

नवदुर्गा मन्दिरमा ब्रह्मयणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ।

राष्ट्रपति पौडेललाई मन्दिरका मूल नाइकेले तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद प्रदान गरेका थिए। दसैंको अन्तिम दिन राष्ट्र प्रमुखले नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने चलन छ।