काठमाडौं। मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्ससँग सहकार्य गर्ने भएको छ।
सोमबार सुरु हुने एनपीएलको तेस्रो सिजनमा जनकपुर बोल्ट्ससँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ। सम्झौता अनुसार जनकपुर बोल्ट्सको जर्सीमा बैंकको लोगो राखिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले क्रिकेटमार्फत समुदायसँग जोडिन र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न जनकपुर बोल्ट्ससँग सहकार्य गरेको बताए।