फ्रान्समा शनिबार भएको प्रदर्शनका क्रममा करिब एक हजारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिसांत्मक प्रदर्शनपछि केही दिन कर्फ्यू लगाइएपछि फेरि भएको प्रदर्शन पनि उग्र बनेको हो।
शनिबार करिब ८ लाख मानिस सडकमा ओर्लिएको आयोजक पक्षको दाबी छ। विद्यालयका पूर्वाधार सुधार गर्न माग गर्दै सुरु भएको आन्दोलन अहिले महंगी र सुरक्षित आवास जस्ता आधारभूत विषयतर्फ मोडिएको छ।
केही साता अघिको उग्र प्रदर्शनपछि फ्रान्समा कर्फ्यू लगाइएको थियो। त्यसपछि भएको प्रदर्शन पनि हिसांत्मक बनेको हो।
पेरिस, मार्से, बोर्डो र लियोन जस्ता प्रमुख शहरहरूमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बीबीसीले उल्लेख गरेको छ। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर अवस्था नियन्त्रणमा लिने प्रयास गरेको थियो।
सम्भावित हिंसा रोक्न फ्रान्स सरकारले देशभर ७० हजार प्रहरी परिचालन गरेको थियो।
यसअघि भएको प्रदर्शन र तोडफोडमा संलग्नहरुलाई अदालतको द्रुत सुनुवाइमार्फत जेल पठाइएको छ।
यसैबीच फ्रान्सका साथै बेल्जियमको ब्रसेल्स, अल्बानियाको टिराना र इटालीको मिलान जस्ता अन्य युरोपेली शहरहरूमा पनि महँगी र सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।