BIZMANDU
www.bizmandu.com

मादी नदीमाथि आर्क डिजाइनमा बनिरहेको काम तीब्र, यही वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य (तस्विरहरु)

२०८३ कात्तिक ७

मादी नदीमाथि आर्क डिजाइनमा बनिरहेको काम तीब्र, यही वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य (तस्विरहरु)
default


मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि आर्क डिजाइनमा निर्माण भइरहेको पुलको काम तीब्र गतिमा अघि बढिरहेको छ।

GBIME
Tata

पुल निर्माणका लागि २०७९ साउन २६ गते अनक जेभीसँग सम्झौता भएको थियो। ३१५ मिटर लामो पुलमा पाँचवटा स्पान रहनेछन्।

पुलका दुवैतर्फका दुई–दुईवटा प्रिस्ट्रेस्ड बक्स गर्डर स्पानको काम सम्पन्न भइसकेको छ। एक अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडा हुनेछ।

चालु आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल निर्माणको नयाँ म्याद २०८४ वैशाख १६ गतेसम्म कायम गरिएको छ।

आयोजनाका अनुसार यो नेपालकै पहिलो एकल मोनोलेथिक स्ट्रक्चरयुक्त पुल हो। पृथ्वी राजमार्गअन्तर्गत निर्माण भइरहेको नयाँ पुल चार लेनको हुनेछ। हाल सञ्चालनमा रहेको मादी पुल भने दुई लेनको र ३७० मिटर लामो छ।

default