BIZMANDU
www.bizmandu.com

नेपाल र भारतबीच पर्यटन साझेदारीको प्रयास, ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

२०८३ कात्तिक ७

नेपाल र भारतबीच पर्यटन साझेदारीको प्रयास, ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल र भारतबीच पर्यटन साझेदारीको प्रयास, ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै


काठमाडौं । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ।

GBIME
Tata

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।

भने, ‘यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु हो।’

भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिने सापकोटाको भनाइ छ।

उाले भने, ‘नेपालको पर्यटन प्रवर्द्धन केवल प्रचार सामग्री वितरण गरेर मात्र सम्भव हुँदैन। भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने, सेवा र सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने काम आवश्यक छ। यही सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो।’

यहाँ आयोजना गर्ने कार्यक्रममा भारतका विभिन्न सहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू सहभागी हुने उनको भनाइ छ।

उनहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्नुहुने उनले जानकारी दिए।

कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण तथा भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुनेछ।

लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य राखिएको उनले बताए।

विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा जोड्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिने सापकोटाले बताए।