BIZMANDU
www.bizmandu.com

चीनको तिब्बतमा ७.० म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, सयौं घर भत्किए

२०८३ कात्तिक ७

चीनको तिब्बतमा ७.० म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, सयौं घर भत्किए
चीनको तिब्बतमा ७.० म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, सयौं घर भत्किए


काठमाडौं । चीनको दक्षिणपश्चिम क्षेत्रस्थित सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा भूकम्प गएको छ। तिब्बतको नाग्छु सहरको बाचेन काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

GBIME
Tata

भूकम्पमा परी हालसम्म १६ जनाको मृत्यु भएको र ३२ जनाभन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

बिहीबार राति गएको सो भूकम्पका कारण सयौँ घरहरु भत्किएका छन्। घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।