विश्वकै सर्वाधिक धनी व्यक्ति इलन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल ’एक्स’ मार्फत उनले यो घोषणा गरेका हुन्। उनले यो अभियानको पहिलो चरण मात्र हुने बताएका छन्।
अमेरिकी सेन्सस ब्युरोका अनुसार त्यहाँ १८ वर्षमुनिका करिब ७ करोड ३० लाख बालबालिका छन्। शुक्रबार सेयर बजार बन्द हुँदा स्पेसएक्सको प्रतिसेयर मूल्य करिब १४६ डलर रहेको थियो। त्यही आधारमा मस्कको यो उपहार योजना कुल १०.७ अर्ब डलर (करिब १४ खर्ब रूपैयाँभन्दा बढी) बराबरको हुनेछ।
एन्थ्रोपिकले आफ्नो ५ प्रतिशत सेयर (करिब ४८ अर्ब डलर) सामाजिक कार्य र एआईले गुम्ने रोजगारीको क्षतिपूर्तिका लागि दिने घोषणा गरेलगत्तै मस्कले यो घोषणा गरेका हुन्।
मस्कले घोषणा गरेको सेयर कसरी र कुन प्रक्रियाबाट बालबालिकासम्म पुर्याइनेछ भन्ने खुलेको छैन। साथै, सबै बालबालिका यसका लागि योग्य हुनेछन्/छैनन् भन्नेबारे पनि खुलाइएको छैन।
गत जुन महिनामा मात्र इतिहासकै सबैभन्दा ठूलो आईपीओ जारी गरी सर्वसाधारणका लागि सेयर खुला गरेको स्पेसएक्स हाल २ ट्रिलियन डल) मूल्यांकन गरिएको कम्पनी हो।