काठमाडौं । भारतीय अभिनेता टाइगर श्रोफमाथि गोली चलाउने तीनजना आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय प्रहरीले उनीहरुलाई भाग्दै गर्दा राजस्थानको कोटाबाट नियन्त्रणमा लिएको हो। सुटरहरुमा एक जना १७ वर्षीय नाबालक पनि रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २२ वर्षीय ऋतिक कुमार र १८ वर्षीय रेहान रहेका छन्।
भारतीय प्रहरीले श्रोफमाथि गोली चलाएर सुटरहरु राजस्थानबाट दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेको खुलेको बताएको छ।
उनीहरुको योजना सफल हुनुभन्दा अगाडि नै प्रहरीले पक्राउ गरेको हो।
हिजो राति मुम्बईको जुहुबाट फर्किँदै गर्दा टाइगरमाथि गोली प्रहार भएको थियो। यद्यपि, उनी ज्यान जोगाउन सफल भए।
उनलाई सामान्य चोट लागेको थियो। उनका ड्राइभर र अर्का एक व्यक्ति घाइते भएका थिए।