BIZMANDU
www.bizmandu.com

फ्रान्सको आगो युरोपका अन्य देशमा पनि फैलिँदै, लुटपात र आगजनी बन्यो प्रदर्शनकारीको अस्त्र

२०८३ कात्तिक ३

फ्रान्सको आगो युरोपका अन्य देशमा पनि फैलिँदै, लुटपात र आगजनी बन्यो प्रदर्शनकारीको अस्त्र
A protester holds a board with a photo of French president Emmanuel Macron in front of a burning tourism office during a demonstration against rising living costs and in solidarity with students' grievances in Lyon, France, Saturday, Oct. 17, 2026. (AP Photo/Laurent Cipriani)


फ्रान्स पछिल्लो समय धुवाँ र अशान्तिको छायामा छ। महँगी, बेरोजगारी र कमजोर शिक्षा प्रणालीविरुद्ध उठेको आक्रोश अहिले देशव्यापी हिंसा र तोडफोडमा परिणत भएको छ। र, यस्तै परिस्थिति अहिले युरोपका अन्य देशमा पनि देखिँदैछ।

GBIME
Tata

शान्तिपूर्ण प्रदर्शन भन्दाभन्दा पनि फ्रान्स, इटाली लगायतका सहरहरुमा अराजक गतिविधि बढ्न थालेको छ। सडक नै युद्धमैदान जस्तै बनेको तस्विर र भिडियोहरु सार्वजनिक भइरहेका छन्।

फ्रान्सबाट सुरु भएको आक्रोशको बिउ कुनै ठूलो राजनीतिक मञ्चबाट भएको थिएन। गत सेप्टेम्बरमा पेरिसको एउटा सानो माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले पर्याप्त दरबन्दी र शैक्षिक स्रोतको माग गर्दै सुरु गरेको हडतालबाट यसको बीजरूपण भएको थियो।

Photo : AFP

माग त पूरा भयो, तर त्यसपछि जे भयो त्यसले फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोंनले नै भन्नु पर्‍यो : फ्रान्सेलीहरु तिमीले फ्रान्समाथि यस्तो कसरी गर्न सक्छौं?

फ्रान्समा कक्षाकोठाको भीड र घट्दो शैक्षिक गुणस्तरबाट आजित बनेका विद्यार्थीहरू सडकमा ओर्लिए। विद्यार्थी र प्रहरीबीच विभिन्न स्थानमा हिंस्रक झडप नै भयो। यो आगो विस्तारै फ्रान्सभरी फैलियो। र, यसमा जोडियो महँगी, बेरोजगारी, आप्रवासन लगायतका मुद्दा

शनिबारमात्रै ५ लाख भन्दा बढी मानिस फ्रान्सका विभिन्न सहरमा ओर्लिएका थिए। दिउँसोसम्म प्रदर्शन शान्तिपूर्ण नै थियो, तर रात परेपछि पेरिस, लियोन र लिमोज जस्ता शहरहरू अशान्त बने।

फ्रान्समा आगजनी गर्दै प्रदर्शनकारी Photo : AFP

नकावधारी युवाहरूले पसलहरू लुटे, गाडीहरूमा आगो लगाए। १३४ वर्ष पुरानो लिमोजको टाउन हल जलाइयो।

फ्रान्समा मात्रै अहिलेसम्म दुई हजारभन्दा बढी मानिसहरु पक्राउ परेका छन्। दुई जनाको ज्यान गइसकेको छ।

राष्ट्रपति इमानुएल म्याक्रोनले हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

फ्रान्समा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको तस्विर Photo : AFP

उनले भनेका छन्,  ‘जसले विनाश गरे उनीहरूले क्षतिपूर्ति तिर्नुपर्छ। जसले गणतन्त्रलाई ढाल्न खोजे  उनीहरू जवाफदेही हुनुपर्छ।’

उनले वार्ता र ठोस प्रस्तावको आश्वासन दिए पनि आगामी ६ महिनाभित्र हुने राष्ट्रपति निर्वाचनका कारण यो मुद्दा तीव्र राजनीतिक खिचातानीको विषय बनिरहेको छ।

विपक्षीहरु सरकारले सडकमा उठेको माग सम्बधोन गर्न कुनै काम नगरेको आरोप लगाइरहेका छन्। सत्तापक्ष भने विपक्षीले माहोल भड्काउने काम गरिरहेको भनिरहेको छ।

फ्रान्समा गाडी जलाएपछिको अवस्था। Photo : AP

आरोप प्रत्यारोप र हिंसाबीच फ्रान्सेली सडकमा देखिएको अशान्ती र आक्रोश त्यहाँ मात्रै सीमित छैन।

छिमेकी देश बेल्जियममा पनि विद्यार्थीहरू शिक्षा सुधारको माग गर्दै सडकमा छन्।

फ्रान्समा भएको प्रदर्शन र आगजनीको दृश्य। तस्विर : AFP

त्यस्तै, पोर्चुगलको लिसबनमा लाखौँ मानिस महँगी र आवास संकटविरुद्ध प्रदर्शन गरिरहेका छन्।

इटालीमा पनि प्रदर्शनले उग्र रुप लिएको छ। मिलानमा लुटपाट र प्रहरीसँगको झडपका भिडियोहरु सार्वजनिक भएका छन्। स्पेनमा पनि आप्रवासी र आवास संकट सँगै महंगी लगायतका माग राखेर प्रदर्शन भइरहेको छ।

स्पेनमा भइरहेको प्रदर्शन Photo : AFP

त्यस्तै, अल्बानियामा सरकारविरुद्ध मोलोटोभ ककटेल (पेट्रोल बम) हान्नेसम्मका घटना भएका छन्।

यता, दक्षिण अमेरिकी राष्ट्र चिलीमा पनि सरकारविरुद्ध प्रदर्शन जारी छ। महंगी लगायतका माग राखेर त्यहाँ पनि विरोध भइरहेको छ।

फ्रान्समा प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको दृश्य। तस्विर : AFP
अलबानियामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी। Photo : AP
अलबानियामा भइरहेको प्रदर्शन । Photo : AP
फ्रान्समा अवस्था नियन्त्रणमा लिने प्रयासमा प्रहरी। Photo : AP
फ्रान्समा प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरी Photo : AFP
फ्रान्सको दृश्य। Photo : AFP
Photo : AFP