काठमाडौं । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले भारतीय कम्पनीले उत्पादन गर्दै आएको प्रियागोल्ड बिस्कुट बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
भारतको उपभोक्ताको उजुरी पछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले शनिबार सूर्या फुड एण्ड एग्रो लिमिटेडमा निरीक्षण गरेको थियो।
लिमिटेडले बिस्कुट उत्पादन गर्दा रेसा /फाइबरको स्रोतका रुपमा गाईवस्तुको दानाका रुपमा प्रयोग हुने चोक्कर प्रयोग गरेको भेटाएको थियो।
चोक्कर राखिएका जुटका बोराहरुको लेबलमा गाइवस्तुको दानाका लागि भनेर उलेख्ख गरिएको थियो। ती बोरामा रहेका सामाग्री मानव उपभोक्ताको लागि नभएको स्पष्ट उल्लेख थियो।
त्यसपछि भारत सरकारले सो बिस्कुट उत्पादन र निर्यात रोकेको थियो। भारतले रोकेपछि नेपालले ती बिस्कुटका सबै ब्याच फिर्ता गर्न निर्देशन दिएको हो।

निरीक्षणका क्रममा कारखानामा मापदण्ड पालना नगरी गम्भिर मापदण्ड उलग्घन गरेका कारण प्राधिकरणले कम्पनीको इजाजतपत्र निलम्बन गरीकम्पनी विरुद अभियोजन प्रक्रिया अघि बनाउन स्वीकृति दिएको छ भनी जाँचबुझबाट बुझ्न आएकोले अर्को निर्णय नहुन्जेलसम्मका लागि सो कम्पनी र भारतमा उत्पादन भएको प्रियागोलड विस्कुट लगायतका अन्य उत्पादनहरुमा समेत खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम अर्को सुचना नआएसम्म पैठारी स्वीकृती स्थित र प्रवेश नाकाबाट अनुमति तथा नेपालमा पैठारी भई आएको सो बिस्कुको बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ।
