BIZMANDU
www.bizmandu.com

शनिबार कालीमाटी भित्रियो ५ लाख केजी तरकारी, अधिकांशको भाउ बढ्यो

२०८३ कात्तिक २

शनिबार कालीमाटी भित्रियो ५ लाख केजी तरकारी, अधिकांशको भाउ बढ्यो
शनिबार कालीमाटी भित्रियो ५ लाख केजी तरकारी, अधिकांशको भाउ बढ्यो


काठमाडौं । दसैंमा बढी खपत हुने सुकेको प्याज र हरिया तरकारीको भाउ बढेको छ। कालीमाटी बजारमा भारतबाट आयात भएको सुकेको प्याजको मूल्य एकै दिन केजीमा ७ रुपैयाँ बढेको छ। असोज ३ गते प्रति केजी ८५ रुपैयाँ रहेको प्याज ३१ गते प्रति केजी ९२ रुपैयाँ पुगेको हो।

GBIME
Tata

गाजर केजीमा १५ रुपैयाँ वृद्धि भएको छ। रायो साग एकै दिन ६ प्रतिशतले बढेर प्रति केजी १२५ रुपैयाँ पुगेको छ।

लोकल काक्रो ५५बाट ६४ रुपैयाँ रुपैयाँ भएको छ।अदुवा केजीमा ३ रुपैयाँ, सुकेको खुर्सानी, हरियो बुलेट,खुर्सानी हरियो, र माछे खुर्सानीको मूल्य १५ प्रतिशतसम्म बढेको छ।

त्यस्तै, हरियो धनिया २ प्रतिशत,लसुन नेपालीको भाउ २ प्रतिशतसम्म बढेको छ। शनिबारसम्म कालीमाटी बजारमा ५ लाख केजी भन्दा बढी तरकारी भित्रिएको छ।

दसैं मान्न उपभोक्ताहरु वाहिर जिल्ला गएपनि बजारमा हरिया तरकारीको भाउ अत्याधिक महंगो छ।