BIZMANDU
www.bizmandu.com

असोजमा लक्ष्यको ९९.८ प्रतिशत राजस्व संकलन, त्रैमासिक लक्ष्यको ९० प्रतिशत

२०८३ कात्तिक २

असोजमा लक्ष्यको ९९.८ प्रतिशत राजस्व संकलन, त्रैमासिक लक्ष्यको ९० प्रतिशत
असोजमा लक्ष्यको ९९.८ प्रतिशत राजस्व संकलन, त्रैमासिक लक्ष्यको ९० प्रतिशत


काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा लक्ष्यको ९९.८ प्रतिशत राजस्व संकलन भएको छ।

GBIME
Tata

असोजमा सरकारले १ खर्ब १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर १ खर्ब १५ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ।

गत आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा ८४ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसको तुलनामा चालु वर्षको असोजमा ३० अर्ब ७८ करोड रुपैयाँ बढी राजस्व उठेको छ।

चाडबाडले बढाएको उपभोग, बजार मागमा देखिएको सुधारलगायत कारणले लक्ष्यअनुसार राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले १५ खर्ब ८० अर्ब ३२ करोड राजस्व संकलनको वार्षिक लक्ष्य राखेको छ।

असोज ३० गतेसम्म २ खर्ब ९९ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको छ।असोजसम्म ३ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य थियो। जुन लक्ष्यको ९०.८ प्रतिशत हो।