BIZMANDU
www.bizmandu.com

डिगोसँगको सहकार्यमा नेपाल भित्रियो जिओहटस्टार, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु

२०८३ कात्तिक २

डिगोसँगको सहकार्यमा नेपाल भित्रियो जिओहटस्टार, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु
डिगोसँगको सहकार्यमा नेपाल भित्रियो जिओहटस्टार, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु


काठमाडौं । ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको खाडी र उत्तर अफ्रिकामा प्रवेश गरेको केही सातामै डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

GBIME
Tata

यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार प्लेटफर्म सिर्जना गरेको जनाइएको छ।

लञ्च लाइनअपमा ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, र ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर चलचित्रहरूसँगै जिओहटस्टार ओरिजिनलहरू जस्तै ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसियल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन्।

यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडाक्म’ जस्ता क्षेत्रीय चलचित्रहरू र ‘बिग बोस’, ‘कफी विथ करण’, ‘इन्डिया का टप १ पर्सेन्ट’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले दैनिक हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउने विश्वास कम्पनीको छ।

दर्शकहरूले डिगो को मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्ने जनाइएको छ। यसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ।

मोबाइल प्लानको मूल्य एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २ हजार ४९९ रुपैयाँ रहेको जनाइएको छ।

त्यस्तै, प्लस प्लान एक महिनाको लागि ३९९ रुपैयाँ, तीन महिनाको लागि ८९९ रुपैयाँ र एक वर्षको लागि २ हजार ६९९ रुपैयाँ मा उपलब्ध हुने जनाइएको छ। दर्शकहरूले वाचडिगोको वेबसाइटमा गएर वा आइओएस, एन्ड्रोइड टिभी र स्मार्ट टिभीमा डिगो एपमार्फत प्याकेज सब्स्क्राइब गर्न सक्नेछन्।

जिओहटस्टारको लाइब्रेरीले डिगो को नेपाली चलचित्र र शोहरूको संग्रहलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ। स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै डिगो मा प्रत्येक हप्ता नयाँ नेपाली चलचित्र थपिने जनाइएको छ। सब्स्क्राइबरहरूले लालिगा, मोटोजिपी र कारबाउ कप लगायतका प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरू पनि हेर्न सक्नेछन्।

जिओहटस्टारको नेपाल प्रवेशको बारेमा टिप्पणी गर्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भने, ‘जिओहटस्टारको अन्तर्राष्ट्रिय विस्तारले हामीले भारतमा सिर्जना गरेको दायरा र विदेशमा भारतीय मनोरञ्जनको मागलाई एक ठाउँमा ल्याएको छ। पुस्ताौंदेखि हाम्रा चलचित्र, टेलिभिजन शो र कलाकारहरूलाई पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक महत्वपूर्ण हिस्सा हो।’

यस साझेदारीको बारेमा डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले भने, ‘यो साझेदारी डिगो र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि एक माइलस्टोन हो। जिओहटस्टारका चलचित्र र शोहरूदेखि लिएर हरेक हप्ता आउने नयाँ नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूसम्म, नेपाली दर्शकहरूलाई डिगो रोज्ने हरेक दिन नयाँ कारण दिनु हाम्रो उद्देश्य हो। हामी हाम्रा दर्शकहरूका लागि विशेष रूपमा तयार पारिएको मूल्यमा नेपालकै लागि बनेको प्लेटफर्ममार्फत यी सबै विकल्पहरू एकै ठाउँमा ल्याउँदैछौँ।’

नेपालमा भएको यो लञ्चले भारतीय मनोरञ्जनको पहुँच र आकर्षणलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दिगो उपस्थिति स्थापित गर्ने जिओहटस्टारको लक्ष्यलाई झल्काउने कम्पनीको विश्वास छ।