BIZMANDU
www.bizmandu.com

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ, ‘इनम सँग देखियो कनेक्सन’

२०८३ कात्तिक १

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ, ‘इनम सँग देखियो कनेक्सन’
लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ, ‘इनम सँग देखियो कनेक्सन’


काठमाडौं । प्रहरीले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पक्राउ गरेको छ।

GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमार्डौंको टोलीले उनलाई आज पक्राउ गरेको हो।

अहिले भट्टलाई प्रहरी परिसरको हिरासतमा राखिएको छ। सम्पति शुद्धीकरणको मुद्दामा उनको नाम जोडिएकाले नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

उनलाई थप अनुसन्धानका लागि सम्पति शुद्धीकरण विभाग लग्ने वा आफै अनुसन्धान गर्ने विषयमा छलफल भएको थियो। भट्टमाथि अहिले प्रहरीले नै अनुसन्धान गर्ने भएको छ।

भट्टको नाम पूर्व प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा समेत आएपछि उनी प्रहरीको अनुसन्धान राडरमा थिए। भट्टको कनेक्सन जबरा प्रकरणमा समातिएका इनम सापकोटासँग देखिएको प्रहरी स्रोतले बताएको छ।

‘इनमसँग कनेक्सन देखियो । हामी नै अनुसाधान गछौं’ परिसर स्रोतले भन्यो।

इनम सापकोटा बयान, फोन सम्पर्क र अन्य गतिविधीमा समेत भट्टको कनेक्सन देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। इनम सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दिपक भट्ट र सुलभ अग्रवाल छुटाउन लागि परेका व्यक्ति हुन्।