BIZMANDU
www.bizmandu.com

नेपाललाई हराउँदै क्यानडा उक्लियो छैटौं स्थानमा, अब अन्तिम खेल किन बन्यो महत्वपूर्ण?

२०८३ कात्तिक १

नेपाललाई हराउँदै क्यानडा उक्लियो छैटौं स्थानमा, अब अन्तिम खेल किन बन्यो महत्वपूर्ण?
नेपाललाई हराउँदै क्यानडा उक्लियो छैटौं स्थानमा, अब अन्तिम खेल किन बन्यो महत्वपूर्ण?


काठमाडौं। नेपाली क्रिकेट टोली क्यानडासँग पराजित भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो।

GBIME
Tata

ओमनस्थित अल अमेरत स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा २५६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४ ओभर बाँकी छँदा २३२ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाउँदा अन्य ब्याटर जम्न सकेनन्। त्यसबाहेक दीपेन्द्रसिंह ऐरीले २७ रन बनाउँदा इशान पाण्डे र गुल्सन झाले समान २१ रन बनाए।

नेपाललाई लक्ष्यसम्म पुग्न नदिन सुखजिन्दर सिंहले ३ विकेट लिँदा कलिम सना र शील पटेलले समान २ तथा जाहिद सिरजादले १ विकेट लिए।

त्यसअघि ब्याटिङमा उत्रिएको क्यानडालाई बलियो लक्ष्यसम्म डोहोर्‍याउन युवराज साम्राले शतकीय इनिङ्स खेल्दै १०५ रन बनाएका थिए। त्यस्तै, आरोन जोन्सनले ३६ तथा हर्ष ठाकरले ३४ रन बनाए।

बलिङमा ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहित पौडेलले १ विकेट लिए।

यो जितसँगै क्यानडा नेपाललाई नै पछि पार्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ। उसले लिगका सबै खेल पूरा गरेको छ। क्यानडाको तालिकामा २९ अंक छ भने नेपालको २८ अंक छ। नेपालले अब अन्तिम खेल खेल्न बाँकी छ। नेपालले अर्को खेलमा ओमनलाई हराउन सके ३० अंकसहित शीर्ष ६ भित्र अटाउन सक्छ।

नेपालले लिग-२ कै अन्तिम खेलमा सोमबार ओमनसँग प्रतिस्पर्धा गर्नेछ।