BIZMANDU
www.bizmandu.com

मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो, सहयोग गर्नु हाम्रो जिम्मेवारी : आइएमएफ प्रमुख

२०८३ कात्तिक १

मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो, सहयोग गर्नु हाम्रो जिम्मेवारी : आइएमएफ प्रमुख
Photo : AP


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा संकटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताएकी छन्।

GBIME
Tata

थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताएकी हुन्।

उनका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, एआईको सम्भावना र एसियाको आर्थिक गतिशीलताले आशा जगाए पनि मुद्रास्फीति, उच्च ऋण, युद्ध र जलवायु जोखिमले चिन्ता बढाएको छ।

अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढेको छ। यसको प्रभाव विभिन्न देशमा पर्दा मुद्रास्फीति थप चर्किएको छ। विशेषगरी तेल आयातमा निर्भर न्यून आय भएका देश बढी प्रभावित भएको आईएमएफले जनाएको छ।

‘मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो,’ जर्जिएभाले भने।

उनले प्रभावित देशलाई आर्थिक वृद्धि र कमजोर वर्गको संरक्षणलाई प्राथमिकता दिन आग्रह गरिन्। उनका अनुसार न्यून आय भएका देशको सरकारी राजस्वमा ऋण भुक्तानीको हिस्सा पछिल्ला वर्षमा ८ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ।

आईएमएफले आवश्यकताअनुसार ऋण पुनर्संरचना, आन्तरिक स्रोत परिचालन, अन्तर्राष्ट्रिय वित्तीय सहयोग तथा निजी लगानी प्रवद्र्धनमा सघाउने उनले बताइन्।