BIZMANDU
www.bizmandu.com

थपिए एक लाख ८७ हजार ६८६ मतदाता, एक लाख ५८ हजार २६४ जनाको नाम हटाइयो

२०८३ कात्तिक १

थपिए एक लाख ८७ हजार ६८६ मतदाता, एक लाख ५८ हजार २६४ जनाको नाम हटाइयो
थपिए एक लाख ८७ हजार ६८६ मतदाता, एक लाख ५८ हजार २६४ जनाको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।

GBIME
Tata

सो निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए। आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन्।

यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो।

आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको छ।