काठमाडौं । बन्द रहेको तातोपानी नाका तीन दिन खुल्ने भएको छ। यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ।
भदौ १० को बाढीपछि रसुवा नाकासँगको सम्पर्क टुटेको थियो। त्यसपछि चीनले भदौ १४ गते अकस्मात तातोपानी नाका बन्द गरेको थियो।
दसैंको पूर्वसन्ध्यामा चीनतर्फका तीनवटै नाका बन्द भएपछि सरकार दबाबमा थियो। सरकारले तातोपानी नाका खोल्न पहल थालेको थियो।