BIZMANDU
www.bizmandu.com

सिडब्लुसी लिग-२ : क्यानडाले टस जित्यो, फिल्डिङमा नेपाल, यस्तो प्लेइङ ११

२०८३ कात्तिक १

सिडब्लुसी लिग-२ : क्यानडाले टस जित्यो, फिल्डिङमा नेपाल, यस्तो प्लेइङ ११
सिडब्लुसी लिग-२ : क्यानडाले टस जित्यो, फिल्डिङमा नेपाल, यस्तो प्लेइङ ११


काठमाडौं। नेपाली क्रिकेट टोलीले क्यानडाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो अन्तिम सिरिजको तेस्रो खेलमा नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो।

GBIME
Tata

क्यानडा, नेपाल र ओमनसम्मिलित यो सिरिजका अघिल्ला दुई खेलमा नेपालले जित निकालेको थियो। नेपालले लगातार जित निकाल्दै शीर्ष पाँच भित्र पर्ने लक्ष्यमा छन्।

नेपाली टोलीमा अहिले पुर्वकप्तान रोहित पौडेल उच्च लयमा छन्। यसअघिका दुई खेलमा शतक र अर्धशतक प्रहार गरिसकेका उनीबाट नेपाललाई ठूलो आशा हुनेछ। त्यस्तै, शीर्षक्रममा आशिफ शेखको फर्म नेपाललाई चिन्ताको विषय बन्दै आएको छ। बलिङमा पेसर करण केसीसँगै स्पीनर सन्दीप लामिछाने र ललित राजवंशी उच्च लयमा छन्।

नेपालको प्लेइङ:

अर्जुन कुमाल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी