BIZMANDU
www.bizmandu.com

दसैं बिदा सुरु भएसँगै यात्रा गर्दै हुनुहुन्छ? थाहा पाउनुस् आजको मौसम पूर्वानुमान

२०८३ कात्तिक १

दसैं बिदा सुरु भएसँगै यात्रा गर्दै हुनुहुन्छ? थाहा पाउनुस् आजको मौसम पूर्वानुमान
दसैं बिदा सुरु भएसँगै यात्रा गर्दै हुनुहुन्छ? थाहा पाउनुस् आजको मौसम पूर्वानुमान


काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ।

GBIME
Tata

आज पहाडी भागमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

त्यस्तै, हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको जनाइएको छ।