काठमाडौं । भोलिदेखि दसैं बिदा सुरु हुँदैछ। यसपटक दसैंमा एक हप्ताभन्दा लामो बिदा छ। आजदेखि अधिकांश कार्यालयहरु बन्द हुँदैछन्।
दसैं बिदा सुरु हुने पूर्वसन्ध्यामा आज असन इन्द्रचोक क्षेत्रमा किनमेल गर्न पुग्नेको भिड थियो। रातिसम्म मानिसहरु फुटपाथदेखि पसलहरुमा सामानहरु रोजिरहेका देखिन्थे।
यता न्यूरोड र महाबौद्ध क्षेत्र पनि किनमेल गर्नेको घुइँचोले खचाखच देखिन्थ्यो।














