काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार नेपाल विज्ञान प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान र विज्ञान प्रविधि तथा नवप्रवर्तन अध्यादेश जारी गरेका हुन्।
संसद् अधिवेशन अन्त्यपछि ५ वटा अध्यादेश जारी गरिएको छ। संसद् अधिवेशन असोज १६ गते अन्त्य गरिएकामा असोज २३ गते विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा २७ गते वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरिएको थियो।
राष्ट्रपति पौडेलले शुक्रबार नै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।